Logo
Logo

कालोबजारी गर्ने चार औषधी व्यवसायी पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

जनकपुरधाम, ९ चैत । मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका चार औषधी व्यवसायीलाई रंगेहात पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउपर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए । पक्राउ गरिएका चारै व्यवसायीको थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्