Logo
Logo

कारागार तोड्न खोज्दा २३ को मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

बोगोटा, ११ चैत (सिन्ह्वा) । कोलम्बियाको राजधानी बोगोटामा अवस्थित एक कारागार तोड्न खोज्दा भएको झडपमा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । यस झडपमा परी अन्य ८३ जना घाइते भएका र ती मध्ये ३२ जनालाई अस्पताल भर्ना गरिएको कानून मन्त्री मार्गारिता क्याबोलोले बताएका छन् ।
‘आज देशका लागि अत्यन्त कष्टकर दिन भएको र गत राती ला मोडलो कारागारबाट ठूलो अपराधिक समूह भाग्न खोज्दा २३ को मृत्यु भएको छ’ क्याबोलोले बताएका छन् । जेलका सात गार्डसहित जेल संस्थानका अधिकारी पनि घाइते भएका छन् । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको क्याबोलाले बताए ।
शनिबार राती पनि कोलम्बियाका अन्य धेरै जेलहरूमा दंगा फैलिएको र कोरोना भाइरसको संक्रमणको कारण जेलबाट छुट्नु पर्ने कैदीहरुको माग रहेको मन्त्रीले बताए । त्यहाँबाट कोही पनि भाग्न नसकेका एउटा आपराधिक योजना असफल भएको मन्त्रीले जानकारी दिए ।
जेलमा कोरोना भाइरस सम्बन्धि कुनै समस्या नभएको र हालसम्म संक्रमणको कुनै व्यक्ति नभेटिएका पनि मन्त्रीले बताएका छन् । कैदी प्रशासक वा गार्ड कोही पनि भाइरस संक्रमणको कारण छुट्टिएर नबसेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्