Logo
Logo

लामो दूरीमा निजी सवारी साधन चल्न पाउने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० चैत । सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारी साधनलाई रोक लगाएपनि निजी सवारी साधन भने नरोक्ने भएको छ ।
कोभिड–१९ जोखिमकोसबैतिर बढ्दै जाँदा सरकारले यात्रुको सुरक्षालाई दृष्टिगत गरी लामो दूरीका सार्वजनिक सवारी साधनमा रोक लगाएको हो । हालका लागि निजी सवारी साधन नरोकिने गरी निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
काठमाडौँ उपत्यकाबाट कुनै पनि सवारी साधन बाहिर जान नपाइने र बाहिरबाट पनि उपत्यका प्रवेश गर्न नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि सार्वजनिक सवारी साधन एउटा जिल्लाबाट अर्काे जिल्ला जान नपाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए उनले सार्वजनिक सवारी साधन एउटै जिल्लाभित्रमात्रै चलाउन पाइने पनि बताए ।
सरकारले यसअघि नै १३ मार्गमा सञ्चालनमा रहेका नेपाल–भारतमैत्री बस सेवा तत्कालका लागि बन्द गरिसकेको छ । विभागले सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउन र यात्रुले पनि यात्रा गर्न नपाउने नियम लागू गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्