Logo
Logo

खल्ती र गरिमा विकास बैंकबीच डिजिटल रुपान्तरणका लागि रणनीतिक सम्झौता


189
Shares

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । सम्झौताअन्तर्गत अब गरिमा विकास बैंक बैंकका ग्राहकले खल्ती वालेटका विभिन्न सुविधाको उपभोग गर्न सक्ने भएका छन् ।

यो साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकले बिनाझन्झट स्मार्ट बैंक एप (गरिमा डिजिटल बटुवा)बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्तीमार्फत लिन सक्नेछन् । ग्राहकले खल्ती प्रयोग गरी सहजै मुभि, इभेन्टलगायतका टिकट खरिदसँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाको लाभ उठाउन सक्नेछन् ।

बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकले खल्तीबाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् ।

उक्त सम्झौता बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “डिजिटल नेपालको उद्देश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हालसम्म ५० बढी बैंकसँग हातेमालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आएकामा गरिमा विकास बैंकसँगको यो साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिनेमा विश्वस्त छौँ ।”

गरिमा विकास बैंकले आफ्नो देशभर १२३ वटा शाखा कार्यलयहरु, ५१ एटिएममार्फत निरन्तर गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । २०६४ मा स्थापना भएको यस बैंक प्रशिक्षित समूह र सुरक्षित बैंकिङ्ग प्रणालीसहित ग्राहकलाई उच्च सेवा वितरणका गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्