Logo
Logo

दार्जिलिङ घुमेर आएका विद्यार्थी मुग्लिनमै रोकिए


- दृष्टि न्युज/संवाददाता

0
Shares

दमौली, ११ चैत । भारतको दार्जिलिङ घुमेर फर्किएको यात्रुवाहक बसलाई पोखारा प्रवेशमा रोक लगाइएको छ । उक्त बसमा २२ विद्यार्थी रहेका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रवेशमा रोक लगाइएको हो ।
विद्यार्थी सवार शुभ जगदम्बा टुर्स एण्ड ट्राभल्सको ग १ ख ९०१८ नम्बरको यात्रुवाहक बसले प्रवेशको अनुमति मागेकामा मुग्लिङमा रहेका तनहुँतर्फका सुरक्षाकर्मीले रोकेका थिए । तनहुँका प्रहरी उपरीक्षक विनोद शिलवालका अनुसार भारत भ्रमण गरेर काँकडभिट्टा हुँदै आएकाले उनीहरुलाई रोकिएको हो । प्रशासनको अनुमति दिएपछि मात्र उनीहरुलाई के गर्ने भन्ने निर्णय गर्ने उनले बताए ।
उनीहरु विभिन्न ठाउँमा चेकिङ पार गर्दै आएका बताइएको छ । प्रदेश ५ सरकारले अनुमति दिएपछि पोखराका विद्यार्थी सवार सो बस मुग्लिङ हुँदै पोखरा प्रवेश गर्न लागेको थियो । प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने कि के गर्ने भनेर छलफल गरिरहेको जनाएको छ । उनीहरुले अहिले मुग्लिङ पुल छेउमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्