Logo
Logo

नाइजेरियामा एक शिक्षकसहित २८० बढी विद्यार्थी अपहरण


504
Shares

एजेन्सी । नाइजेरियामा बन्दुकधारीको एक समूहले २ सय ८० जना भन्दा धेरै विद्यार्थी अपहरण गरेको छ । नाइजेरियाको उत्तरपश्चिमी सहर कुरिगामा बन्दुकधारीहरूले २ सय ८० भन्दा बढी बालबालिकालाई विद्यायभित्रै पसेर अपहरण गरेको हो ।

बिहानको समय प्राथना चलिरहँदा मोटरसाइकलमा सवार बन्दुकधारी विद्यालयमा प्रवेश गरेको प्रत्यक्षदर्शीले बताएको बीबीसीले उल्लेख गरेको छ । बालबालिका सँगै एक शिक्षक पनि अपहरणमा परेको कडुना राज्यका गभर्नर उबा सानीले यस घटनाको पुष्टि गरेका छन् । अपहरणकारी गिरोहहरूले नाइजेरियामा विगत केही वर्षहरूमा विशेष गरी देशको उत्तर–पश्चिमी भागमा सयौँ मानिसहरूलाई अपहरण गरेका छन् ।

कादुनाका गभर्नर उबा सानीले सरकारी माध्यमिक विद्यालयका १ सय ८७ र स्थानीय प्राथमिक विद्यालयका १ सय २५ विद्यार्थी बेपत्ता भएको बताएका छन् । तर तीमध्ये २५ जना फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्