Logo
Logo

ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती क्याम्पसमा


189
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौं महानगरपालिका–२६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै देशभर बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरको संख्या ६७ पुगेको छ ।

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधालगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामै शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्