Logo
Logo

माछापुच्छ्रे बैंकले पोखराका विगमार्टमा १० प्रतिशत छुट दिने


189
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

बैंकले ग्राहकले डेबिट कार्डमार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १० प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्म क्यासब्याक तथा क्रेडिट कार्डमार्फत कारोबार गरेको खण्डमा अधिकतम दुई सय रुपैयाँसम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यासब्याक बिगमार्टका रामबजार, पस्र्याङ, बगर, शितलादेवी र फूलबारी शाखामा उपलव्ध रहेको जनाएको छ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आइरहेको बैंकले जनाएको छ ।

साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्