Logo
Logo

सिटिजन्स बैंकका ६० कर्मचारीलाई दीर्घसेवा सम्मान


252
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई दीर्घसेवा सम्मान गरेको छ । बिहीबार (चैत १) गते बैंकले कर्मचारीको दिनका रूपमा मनाउँदै आएको छ । बैंकले १७औँ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गर्न थालेको सुखद् उपलक्ष्यमा एकमहिने बार्षिकोत्सवसम्बन्धी कार्यक्रम आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिकोत्सवको हो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४५ जना र १५ वर्ष सेवा प्रवाह गरेका १५ जना गरी जम्मा ६० कर्मचारीलाई क्रमश ः १० ग्राम र १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्रसहित ‘दीर्घसेवा सम्मान’ प्रदान गरेका छन् ।

बैंकमा हाल करिव एक हजार सात सय ८० कर्मचारी कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नका लागि कर्मचारीको मेहनत, लगनशीलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नोतर्फबाट शतप्रतिशत योगदान दिन आग्रह गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ एकाइहरुबाट १७ लाख ३१ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले यसै आर्थिक वर्ष थप सात शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्