Logo
Logo

सीजीले ल्यायो निःशुल्क एसी सर्भिस क्याम्प


189
Shares

काठमाडौं । सीजी ब्रान्डले नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प घोषणा गरेको छ ।

क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नुपरेमा टोल फ्री फोन नं १६६००१०२२११ वा ०१५९७०१२२ मा फोन गरी वा इमेल मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने कम्पनीले जनाएको छ ।

क्याम्पमा आफ्ना एसीका ग्राहकहरूका लागि कुनै मर्मत सेवा शुल्क नलाग्ने कम्पनीको भनाइ छ । यसबाहेक स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छुट, एक्सचेन्जमा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन र नयाँ एसी खरिद गर्दा २० प्रतिशतसम्मको छुट दिइने कम्पनीले उल्लेख गरेको छ ।

सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्ने र कर्मचारीहरुले नयाँ एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्