काठमाडौं, १४ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको असर सञ्चार माध्यमहरुमा पनि पर्न थालेको छ ।
यस्तै, मुलुकको अग्रणी सञ्चार गृह कान्तिपुर पब्लिकेशनका पनि सबै प्रिन्ट संस्करण बन्द गरिएको छ । कान्तिपुरले शुक्रबार प्रकाशकिय लेख्दै कान्तिपुर, काठमाडौ पोष्ट, साप्ताहिक, नारी, नेपाललगायतका प्रकाशन बन्द भएको जनाएको हो । पत्रपत्रकिामार्फत समेत भाइरस संक्रमण सर्न सक्ने बताइएपनि प्रिन्ट मिडियाहरु त्यसतर्फ सर्तक भएका छन् ।
यसअघि काठमाडौंबाट प्रकाशित हुने लिडर साप्ताहिकहरु हिमाल, दृष्टि, जनआस्थालगायतले प्रकाशन बन्द गरिसकेका छन् । यस्तै, वैदेशिक रोजगारमा आधारित दैनिक प्रत्रिका प्रभाव दैनिकले पनि बिहीबारबाट प्रकाशन स्थगन गरेको छ ।
काठमाडौंबाहिर झापा, मोरङ, दाङ, विरगञ्ज, सप्तरीलगायका जिल्लाबाट प्रकाशित हुने पत्रपत्रिकाहरु पनि बन्द भइसकेका छन् । पत्रिकाहरुले प्रिन्ट संस्करण बन्द गरेपनि अनलाइनमार्फत सुचना उनीहरुले सुचतना प्रर्वाह गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणले विश्वलाई नै त्रसित गरिररहेको अवस्था पत्रिकाहरुले प्रिन्ट संस्करण प्रकाशनमा असहज भएपछि बन्द गरिएको प्रकाशन गृहहरुले जनाएका छन् । साथै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चार दिन अघि नै देश लकडाउन गरेको छ ।
देश लकडाउनसँगै अत्यावश्यकबाहेक कसैलाई पनि घरबाट बाहिर नजान आग्रह गरिएको अवस्थामा प्रिन्ट मिडियाले प्रकाशन बन्द गर्न थालेका हुन् ।