Logo
Logo

मानसिक अस्पतालका बिरामी अस्पतालमै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ चैत । लगनखेलस्थित मानसिक अस्पतालले बिरामीलाई घर फर्कन कठिन नहोस् भन्दै यहाँ भर्ना भएका बिरामीलाई घर पठाएको छैन । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गत मङ्गलबारदेखि ‘लकडाउन’ गरेसँगै अस्पतालले निको भइसकेका बिरामीलाई समेत घर नफर्काएको हो ।
काठमाडौँ उपत्यकाको पनि नजिकै घर भएका थोरै सङ्ख्यामा बिरामीलाई ‘लकडाउन’ शुरु हुनु पहिले नै पठाइसकिएको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्स डा अनन्तप्रसाद अधिकारीले बताउनुभयो । अहिले यातायातका साधन नपाउने हुँदा अस्पतालमा रहेका बिरामीलाई यहीँ राखिएको हो । उनले भने, ‘उहाँहरुलाई हामी लकडाउन सकिएपछि नै डिस्चार्ज गर्नेछौँ ।’ अस्पतालमा भर्ना हुने बिरामीका लागि ५० श्यया रहेकामा हाल झण्डै ३५ बिरामी रहेका छन् ।
अस्पतालले कुनै पनि बिरामी अस्पताल आएपछि जटिल समस्या भएमा भर्ना गरेर केही समय राखेर उपचार गरिँदै आएको छ । अस्पतालले नियमित औषधि सेवन गरिरहेका बिरामीलाई अहिले अति आवश्यक नभई नआउन भनेको छ ।
आवश्यक पर्दा फोनबाट समेत परामर्श दिइरहेको डा अधिकारीले बताए । उनले औषधि सेवन गरिरहेका वा निको भएका बिरामी र अरु नागरिकले पनि आवश्यक पर्दा परामर्श लिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्