Logo
Logo

धनगढीमा पनि एक व्यक्तिलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४चैत ।
धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भएको छ । उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।


डा देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनी दुबईबाट आएका हुन । करिब उनी ३४ वर्षका उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले साँझ आक्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।
मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो। योसँगै नेपालमा संक्रमितको संख्या चार पुगेको छ । उनका परिवार र उनीसँग सम्पर्कका व्यक्तिको खोजी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्