Logo
Logo

पोखरामा इटालीका पर्यटक अलपत्र, खान समेत पाएनन्


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौ., १४ चैत ।
नेपाल घुम्न आएका एक सय भन्दा धेरै इटालीका नागरिक पोखरामा अलपत्र परेका छन् । उनीहरुले खाना खान समेत पाएका छैनन् ।


सरकारले विदेशी पर्यटकलाई उद्धार गरी उनीहरुकै देश पठाउने बताएपनि उनीहरुले सहयोग पाएका छैनन् । काठमाडौं आउन गाडी र प्लेन छैन । निजी प्लेनले चार्टडका लागि एक व्यक्ति बराबर एक सय यूरो चाहिने बताएर ठग्ने प्रयास गरेका छन् ।
जबकी पोखराबाट काठमाडौंको टिकट विदेशीलाई करिब सात हजार मात्र तोकिएको छ । विपद्को बेला एयरलाइन्स कम्पनीहरु नै यसरी ठगीमा लागेका छन् ।

गाडीबाट काठमाडौं ल्याउन स्थानीय प्रशासनले असहयोग गरेको पर्यटक व्यवसायीले बताए ।
होटल बन्द हुँदा बस्ने र खाने समस्या उनीहरुलाई भएको छ । आफुहरुलाई इटाली फर्काउने वातावरणका लागि उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्