Logo
Logo

लकडाउन लम्बाउने सरकारको तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ चैत ।
कोरोना संक्रमण रोक्न सरकारले लकडाउन लम्बाउने भएको छ । दुई सातासम्म अवधि थप हुन सक्ने एक मन्त्रीले बताए ।
संक्रमणको लक्षण देखिन १४ देखि १७ दिनसम्म लाग्न सक्ने भएकाले त्यो अवधि पूरा नभएसम्मका लागि देशलाई लकडाउनमै राख्न लागिएको हो । छिमेकी देश भारतमा पनि २१ दिनलाई लकडाउन घोषणा गरिएको छ । इटाली लगायत देश एक महिना भन्दा लामो समयदेखि लकडाउनमा छन् ।


नेपालमा सरकारले ११ चैतदेखि १८ गतेसम्मलाई लकडाउनको घोषणा गरेको हो । हालसम्म नेपालमा चार जनालाई संक्रमण देखिएको छ । जसमध्ये एकजना स्वस्थ भइसकेका छन् ।

नेपालमा यो रोग महामारी बन्ने /नबन्ने अबको एक साताभित्र थाहा हुने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । अबको एक सातामा ठूलो संक्रमण नदेखिएमा संक्रमणलाई नियन्त्रण गर्न सकिने उनीहरुको भनाई छ । एक हजार भन्दा धेरै संक्रमण देखिएमा भने उपचारमै समस्या हुने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्