Logo
Logo

लकडाउनमा विमानस्थल : आपतकालिन र कार्गो उडान जारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ चैत । कोरोना भाइरुस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले यही १२ चैतदेखि १८ सम्म देशभर लकडाउन गरेको छ । यो अवस्थामा आपतकालीन, कार्गो, उद्धारलगायत उडानमात्र भइरहेको छ । अहिले आन्तरिकतर्फ लुक्ला पोखरालगायत गन्तव्यबाट विदेशी नागरिकको उद्धारका लागि उडान भइरहेको छ ।
तीन दिनयता दिनहुँजसो उद्धार उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चैत १२ र १३ गते बुद्ध एयर र यती एयरको भगिनी संस्था तारा एयरबाट उद्धार गरिएका युरोपेली मुलुकका नागरिकलाई शुक्रबार कतार एयरको चार्टर्ड जहाजले सम्बन्धित गन्तव्यतर्फ लगेको थियो । यस्तै शसनबार कतारको दोहाका लागि दुई उडान क्रमशः बिहान सबा १० र ११ बजे निर्धारण गरिएको विमानस्थलले जनाएको छ ।
यसैबीच लुक्लामा रोकिएका विदेशी नागरिकको उद्धारका लागि आज अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नौ वटा उद्धार उडान हुँदैछन् । प्राधिकरणका अनुसार निगमका पाँच, तारा एयरको तीन र समिट एयरको एक उडान हुनेछ । त्यसका लागि केही ट्वीनअटर जहाज लुक्ला उडिसकेका छन् ।
निगमको वाइ–१२ जहाजले पनि शनिबार काठमाडौँ–नेपालगञ्ज उडान भर्नेछ । यो जहाजले कोभिडका शङ्कास्पद बिरामीबाट संकलन गरिएको खकारको नमूना लिएर काठमाडौँ फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्