Logo
Logo

अलपत्र ६०० मजदूरको उद्धार


- दृष्टि न्युज/संवाददाता

0
Shares

डोटीको सहजपुर बोगटान सडकमा काम गर्ने श्रमिक लक डाउनका कारण सडकको काम बन्द भएपछि घर फर्किदै । तस्वीर : रासस

कास्की, १५ चैत । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण न्यूनीकरण गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’का कारणले अलपत्र ६०० को हाराहारीमा मजदूरको उद्धार गरिएको छ ।
अस्थायी बसोबास भएको स्थानमा खाद्यान्न सकिएपछि मजदूर भोकभोकै बस्नुपर्ने अवस्था आएको र आफूहरुलाई घरसम्म पुग्ने व्यवस्था मिलाउन मजदूरबाट आग्रह गरिएको थियो ।
दाङ, तुलसीपुर, रोल्पा, सल्यान, चितवन, पर्सालगायतका जिल्लाका मजदूरलाई पहिलो चरणमा आज जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर सार्वजनिक बसको व्यवस्था गरी आ–आफ्नो घरमा पुग्ने व्यवस्था मिलाइएको नेपाल निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठले बताए ।
‘प्रशासनले अनुमति दिएपछि आज दिउँसो र साँझ गरी ६०० को संख्यामा मजदूरलाई उनीहरुको घरमा पुग्ने व्यवस्था गरियो’, अध्यक्ष श्रेष्ठले भने । जिल्लामा अझै ठूलो सङ्ख्यामा मजदूर अलपत्र परेको बताइन्छ । मजदूर रहेको स्थानबाट पोखरासम्म आउनसमेत कठिनाइ रहेकाले गाडी पठाएर ल्याउने तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालयका प्रमुख एवं डिभिजनल ईन्जिनियर शोभियत खड्काले देशका विभिन्न भागबाट जिल्लामा आफ्नो कार्यालय मातहतका निर्माण योजनामा संकलग्न भएका र हाल अलपत्र परेका कामदारलाई जिल्ला प्रशासनको सहयोगमा ‘रेस्क्ुय’ गरी सम्वन्धित ठाउँमा पु¥याइएको जानकारी दिए ।

आफ्नो कार्यालयअन्तर्गतका ठूला योजनामा कार्यरत ६६१ मजदूर प्रभावित भएको उनको भनाइ छ । तीनै तहका सरकारअन्तर्गतका जिल्लामा सडक, खानेपानी, नदी तटबन्ध, सिँचाई, भवनलगायतका पूर्वाधार योजनामा १० हजारको संख्यामा मजदूर कार्यरत रहेका र त्यसमा दुई हजार ५०० विदेशी रहेका बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्