Logo
Logo

चीनबाट आइपुग्यो स्वास्थ्य सामग्री र उपकरण, आजैबाट प्रदेश तथा अस्पतालहरुलाई पठाइने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ चैत । चीनको ग्वान्झाउबाट कोरोना भाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपाल आइपुगेको छ । उक्त सामग्री लिन शनिबार दिउँसो नेपाल बायु सेवा निगमको जहाज ग्वान्झउ उडेको थियो । स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
प्रवक्ता देवकोटाका अनुसार ति सामग्रीहरु प्याकिङ गरेर आजैबाट विभिन्न प्रदेश तथा अस्पतालहरुलाई पठाइने छ । चीनबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने (पीपीई), कोरोना चेक गर्ने किट, ल्याव मेसिनलगायत अत्यावश्यक सामग्री पहिलोपटक ल्याइएको हो । त्रिभुवन विमानस्थलका अनुसार १२.६६ टन सामग्री बोकेर विमान बिहान ५ बजेर ३१ मिनेटमा नेपाल आइपुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्