Logo
Logo

रोकिएन कोरोना कहर, एकैदिन ३५ सयको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ चैत ।
कोरोना संक्रमण (कोभिड(१९) रोक्न विश्वका धेरै देशले लकडाउनको घोषण गरेपनि संक्रमण र मृत्यु हुनेको संख्या रोकिएको छैन । एकै दिन ३५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। विगत २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।


यो अवधिमा सबै भन्दा धेरै इटालीमा एकै दिन आठ सय ८९ जनाको मृत्यु भएको छ। स्पेनमा एकै दिन ८ सय ४४ जना मृतक थपिएका छन्। हालसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ भने स्पेनमा पाँच हजार ९ सय ४७ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ५ सय १५ थपिएर मृतकको संख्या २ सय १२ पुगेको छ अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार ४ सय २८ पुगेको छ। यो सँगै विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ५१ पुगेको छ। विश्वभर ६ लाख ६२ हजार ९ सय ६७ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि निको भइसकेका छन्।
छिमेकी देश भारतमा एक हजारभन्दा धेरैलाई संक्रमण भएको छ भने २४ जनाले ज्यान गुमाएका छन् । नेपालमा पाँच जनामा संक्रमण देखिएको छ । संक्रमितसँग भेटेका अन्य व्यक्तिको खोजी र जाँच तिव्र रुपमा हुन नसक्दा नेपालमा पनि जोखिम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्