काठमाडौं, १६ चैत ।
सरकारले लकडाउनको अवधि एक साता लम्बाउने भएको छ । रोकथाम तथा नियन्त्रणसम्बन्धि उच्चस्तरीय समितिको बैठकले एक साता लम्बाउन सिफारिसको निर्णय गरेको छ । आजे मन्त्रिपरिषद्ले सो निर्णय गर्दै छ ।
सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ । यो तीन सातासम्म लम्बिने सम्भावना रहेको एक मन्त्रीले बताए ।
क्वारेन्टाइनमा बस्न नमान्नेलाई अब सरकारले नेपाल संक्रामक रोगअनुसार पक्राउ गरी मुद्दा चलाउने भएको छ । खासगरी विदेशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने नियम नमानेपछि सरकारले कडाई गर्न लागेको हो ।
क्वारेन्टाइनमा नबस्ने प्रवृत्तीले संक्रमण व्यापक हुने जोखिम भएपछि कोराना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । संक्रमणि बिरामीसँगै विदेशबाट आएका व्यक्तिहरु समेत क्वारेन्टाइनमा बस्न मानेका छैनन् ।
त्यस्तै समितिले ३ बैशाखसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ ।