Logo
Logo

आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु, स्वाब परीक्षण रिपोर्ट आउन बाँकी


- दृष्टि न्युज/संवाददाता

0
Shares

बुटवल, १६ चैत । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना संक्रमण परीक्षणका लागि आइतबार मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएकोछ । रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताए ।
उनी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका र यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।
एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आज पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका ‘फोकलपर्सन’ वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्