Logo
Logo

अन्तर्राष्ट्रिय उडानमा ३ वैशाखसम्म रोक


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ चैत । सरकारले आगामी ३ वैशाखसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो र
कोरोनाका संक्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो । सरकारले यस अघि ८ चैतदेखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको संक्रमणको त्रास बढेपछि सरकारले पूर्ववतृ निर्णयअनुसार नै अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोरोना संक्रमणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको जानकारी दिए । यस्तै, बैठकले लकडाउन एक साता थप्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्