काठमाडौं, १७ चैत ।
सरकारले कोरोना रोकथाम तथा उपचारमा खटिने चिकित्सा, नर्स, स्वास्थ्यकर्मी, प्राविधिक, स्वास्थ्य सेविका, सरसरफाई कर्मचारी, एम्बुलेन्स चालक र प्रत्यक्ष रुपमा संलग्न हुने सुरक्षाकर्मीलाई असार मसान्तसम्मका लागि निशुल्क बीमा र क्षतीपुर्ती दिने निर्णय गरेको छ ।
उनीहरुको २५ लाख रुपैयाँ बराबरको बीमा गर्ने निर्णय भएको छ । स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता समेत दिने निर्णय यसअघि नै भनिएको छ । तर, सुरक्षाकर्मीको हकमा भने निर्णय भएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा प्रहरीलाई पनि प्रोत्साहन भत्ता दिने उल्लेख भएपनि हालसम्म त्यो कार्यान्वायन भएको छैन ।