काठमाडौं, १७ चैत ।
सरकारले ५० हजार डलर भन्दामाथिको गाडी आयातमा रोक लगाएको छ । त्यस्तै मरिच, छकडा, केराउ, सुपारी, मदिरा जस्ता वस्तुको आयात अर्काे व्यवस्था नभएसम्म आयातमा रोक लगाउने निर्णय भएको मन्त्री युवराज खतिवडाले बताए ।
संकटको अवस्थामा बिलासिताको सामान आयात गर्दा देशको ढुकुटीमा असर पर्ने भन्दै यस्तो निर्णय गरिएको छ । आइतबारको मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।
विश्व बैंकबाट तीन अर्ब ४८ करोड सहुलियत ऋण र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट करिब १३ अर्ब ऋण लिने निर्णय भएको छ । एसियाली विकास बैंकको ५० मिलियन सहयोग लिने स्वीकृत गरेको छ । ‘निजी क्षेत्रको मनोबल उच्च पार्न नेपाल सरकारले थप निर्णय गर्दै जाने छ,’ मन्त्री खतिवडाले भने ।