Logo
Logo

लकडाउनमा खाद्यान्न भन्दै मदिराको कोरोबार गर्ने प्रहरी फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

 काठमाडौं, १७ चैत ।
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनको निर्णय गरेको छ । तर, पनि कतिपयले सरकारलाई झुक्याउने प्रयास गरेर संक्रमणको जोखिम फैलाइरहेका छन् । यस्ताविरुद्ध प्रहरीले निगरानी बढाएको छ ।


अत्यावश्यक वस्तुको नाममा मदिराको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। म्याग्दी प्रहरीले आइतबार ६ कार्टुन मदिरासहित बेनीका सुनिल कुमार साह र असर परियारलाई पक्राउ गरेको हो । बेनीबाट राखुतर्फ मदिरा लैजाने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले ग २ च ८८६९ नम्बरको जिपमा मदिरा ओसारपसार गरेका थिए । खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि पक्राउ गरिएको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरण कुँवरले बताए । उनीहरुविरुद्ध संक्रामक रोग ऐन २०२० अनुनसार कारबाही हुने उनको भनाई छ । लकडाउन अवज्ञा गर्नेविरुद्ध कडाका साथ कारबाही थालिएको म्याग्दी प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्