काठमाडौं । प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ ।
बैंकले संस्थापक सेयरधनीहरू चिरञ्जीवी श्रेष्ठ, गोविन्दप्रसाद ज्ञवली र भारतीकुमारी आचार्यको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता सेयर बिक्रीमा राखेको हो ।
यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरू वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद गर्न आवेदन दिन सक्ने बैंकले बुधबार सूचना प्रकाशन गरी जानकारी दिएको छ ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।