Logo
Logo

दुर्घटनामा दुई साइकलयात्रीको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

ललितपुर, १७ चैत । वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । सोमबार बिहान १०. ३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर तिनको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षीय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेको इलाका प्रहरी कार्यालय छपेलीका प्रहरी सहायक निरीक्षक मोहनकुमार भडेलले जानकारी दिए । उनले सन्तोष लडेर सडकबाट ५० र मुकेश लडेर १५० मिटर तल पुगेको अवस्था रहेको बताए ।
कोभिड –१९ संक्रमणका क्रममा मुलुकमा लकडाउन भइरहेका बेला उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा रहँदा दुईको मृत्यु भएको खुल्न आएको छ । मुकेशका पिता सुरेशकुमार र अर्का छिमेकी दीनानाथ प्रसाद दुईजनाका पछिपछि अर्काे साइकलमा गइरहेको हुँदा उक्त कुराको जानकारी बाहिर आएको हो । उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको खुल्न आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्