Logo
Logo

पाल्पामा विदेशबाट आएका ११ सयभन्दा बढी, क्वारेन्टाइनमा ४१ जना मात्रै


- दृष्टि न्युज/संवाददाता

0
Shares

पाल्पा, १८ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बिश्वभर फैलिरहेका बेला नेपालमा पनि उच्च सर्तकता अपनाइएको छ । गत मंगलबारबाट सरकारले औपचारिक रुपमा लकडाउनको आह्वान गरेसँगै पाल्पाका सबै स्थानीय तहले गाउँ गाउँमा क्वारेन्टाइनको निर्माण गरेका छन् ।
तर, पाल्पामा स्थानीय तहले बनाएका क्वारेन्टाइनमा बस्न धेरैले हिच्किचाएका छन् । जिल्लाका १० वटै स्थानीय तहअन्र्तगत २३ स्थानमा ३ सय बढी बेड क्षमताका क्वारेन्टाइन निर्माण गरिएको छ । तीमध्ये धेरैजसो क्वारेन्टाइन खाली छन् । यस अवधिमा भारतसहित बिभिन्न देशबाट पाल्पामा फर्किनेको संख्या ११ सय बढी रहेको जनाइएको छ । तअधिकांश क्वारेन्टानमा बस्न मानेका छैनन् । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीका अनुसार अहिलेसम्म ४१ जनामात्रै क्वारेन्टाइनमा रहेका छन् ।
लकडाउन उलंघन गर्दै मानिसहरु ५ दिन हिँडेर गाउँघर पुगेका छन् । तीमध्ये अधिकांश भारतमा बस्दै आएका पाल्पाली छन् । तिनाउँ, माथागढी र रैनादेवी क्षेत्रका स्थानीयवासीले बार लगाएर बाटो अवरुद्ध बनाएपनि रातिको समयमा उनीहरु पाल्पा छिर्ने गरेका छन् ।
जिल्लामा विदेशबाट आएकाको तथ्यांक ११ सय बढी पुगेको छ । त्यसमध्ये भारतबाट फर्कने ८० प्रतिशत छन् भने अन्यत्रबाट आउने २० प्रतिशत छन् । तानसेनमा ४, रामपुरमा ९, पुर्वखोलामा १९, रिव्दीकोटमा ३ र रैनादेवी छहरामा ४ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।
पाल्पा अस्पतालमा २ जना कोरोना शंकास्पद भेटिएकोमा उनीहरुलाई सुरक्षित रुपमा होम क्वारेनटाइनमा राखिएको जिल्ला अस्पताल पाल्पाका डा. पुष्पराज ज्ञवालीले बताए । जिल्ला अस्पतालमा हाल १० बेड क्षमताको आइसोलेसन रहेपनि कुनै पनि बिरामी नरहेको समेत उनले बताए ।
जिल्लामा हाल लुम्बिनी मेडिकल कलेज प्रभासमा १० बेड, मिसन अस्पतालमा ६ बेड, जिल्ला अस्पतालमा ८ बेड र रामपुर अस्पतालमा २ बेडको आइसोलेसन रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख बिश्वनाथ न्यौपानेले बताए । –पाल्पा समाचारबाट

प्रतिक्रिया दिनुहोस्