Logo
Logo

भारतमा फैलदै कोरोना, एकैदिन २२७ नयाँ बिरामी भेटिए


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ चैत ।
छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । सोमबार एकै दिनमा २ सय २७ नयाँ संक्रमित भेटिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या १ हजार २ सय ५ १ पुगेको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट ३२ जनाको ज्यान गएको छ र १०२ जना निको भएका पनि छन् ।


भारतमा सबैभन्दा धेरै संक्रमित दिल्लीमा देखिएका छन् । दिल्लीमा मंगलबारमात्रै २५ जना नयाँ संक्रमित भेटिएका छन् । दिल्लीमा अहिलेसम्म संक्रमितको संख्या ९७ पुगेको छ ।
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ हजार पुगेको छ, संक्रमित हुनेको संख्या झन्डै ८ लाख छ । भाइरस संक्रमितमध्ये १ लाख ५० हजारभन्दा बढी निको भइसकेका छन् । भाइरसको संक्रमण कम गर्न भारतले २१ दिनसम्मका लागि देशव्यापी लकडाउन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्