काठमाडौं, १९ चैत ।
कोरोना उपचार र रोकथामा प्रयोग हुने सामाग्री खरिदका लागि ओम्नी समूहसँग गरिउको सम्झौता सरकारले रद्द गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी विजिनेस कर्पोरेट इन्टरनेशनलसँग भएको सम्झौता रद्द भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले यससम्बन्धि जानकारी दिएका हुन् । ओम्नी समूहले अत्यावश्यकीय सामान गुणस्तरीय नभएको समयमा दिन नसकेको कारण रद्द गरेको जनाएको छ । सो समूहसँग सरकारले महंगो सामान खरिद गरेको भन्दै आलोचना भएपछि सम्झौता रद्द भएको हो ।
सो समुहको पाँच करोड धरौटी पनि जफत हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।