Logo
Logo

इजरायलले इरान आक्रमणको जवाफ दिने बताएपछि मध्यपूर्व तनावग्रस्त


एजेन्सी

1.1k
Shares

जेरुसेलम । इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको र गाजा युद्ध जारी रहँदा इजरायल र इरानबीच खतराको संकेत देखिएको छ ।

इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले इरान र उसका सहयोगीराष्ट्रले इजरायलमाथि ३०० भन्दा बढी क्षेप्यास्त्र, ड्रोन र रकेट प्रहार गरेपछि ‘जवाफी कारबाही’ गर्ने प्रतिबद्धता जनाएका छन् ।

इरानले सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरायलले गरेको घातक हवाई आक्रमणपछि आत्मरक्षाका लागि गरिएको ठूलो आक्रमण भएको र इजरायलले जवाफ नदिएसम्म यो विषय ‘निष्कर्षमा’ पुगेको मान्न सकिने बताएको छ ।

तर इरानका राष्ट्रपति इब्राहिम राइसीले इरानको हितविरुद्ध सानोतिनो कदमको पनि कडा र व्यापक जवाफ दिइनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाका लागि अमेरिका प्रतिबद्ध रहेको तर द्वन्द्व फैलन नदिन चाहेको बताएका छन् ।

अमेरिकी अधिकारीका अनुसार इजरायलको शीर्ष सहयोगी तथा हतियार आपूर्तिकर्ता वासिङ्टनले आफ्नो साझा प्रतिद्वन्द्वी इरानमाथि हुने कुनै पनि आक्रमणमा इजरायललाई साथ नदिने बताएको छ ।

इरानले इजरायलमाथि गरेको आक्रमणपछि विश्वका नेताहरूले संयमित हुन आग्रह गरेका छन्, जसले सङ्कट कूटनीतिको हलचल मच्चाएको, तेलको मूल्य बढाएको र शेयर बजारलाई निराश बनाएको छ ।

गाजाबारे बाइडेनले भनेका छन्, ‘हामी युद्धविरामका लागि प्रतिबद्ध छौं । बन्धकहरूलाई घर फर्काउने र द्वन्द्वलाई पहिलेदेखि नै रहेकोभन्दा बाहिर फैलनबाट रोक्ने एक मात्र उपाय युद्धविराम र शान्तिवार्ता हो ।’

छ महिनाभन्दा बढी समयदेखि चलेको युद्ध र २४ लाख मानिसमाथिको घेराबन्दीका कारण ठूलो मात्रामा तहसनहस भएको तटीय क्षेत्र गाजामा आफ्नो इजरायलले लक्ष्यमा बमबारी जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्