काठमाडौं, २० चैत ।
नेपालमा थप एक जनालाई कोरोना संक्रमण भएको छ । गत ४ चैतमा कतार एयरलाइन्सबाट आएका एक यात्रुलाई संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
सोही एयरलाइन्सबाट आएका दुई युवतीमा संक्रमण देखिएको थियो । यो सँगै संक्रमितको संख्या ६ पुगेको छ । तर, नेपालमा आएपछि भने संक्रमण भएको छैन ।
संक्रमित ६ मध्ये एक जनाको उपचार सफल भइसकेको छ । अन्य पाँच जना अस्पतालमा उपचाररत छन् । यसअघिका संक्रमितको परिवारमा संक्रमण नफैलिएको मन्त्रालयले जनाएको छ ।