काठमाडौं, २० चैत ।
कोरोना नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री सरकारले सेनामार्फत खरिद गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानिबन छल्न यसरी सेनामार्फत खरिद गर्न लागिएको हो ।
ओम्नी समूहसँगको खरिद प्रक्रिया रद्द गरेपनि सरकारले सेनालाई जिम्मा दिई जिटूजी प्रक्रियामार्फत खरिद गर्न लागेको हो । बुधबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो ।
सेनाले कसरी र कहाँबाट ल्याउने भन्ने टुंगिएको छैन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रस्तावमा यसरी सेनालाई जिम्मा दिन लागिएको हो ।