Logo
Logo

धनगढी : कोरोना परीक्षणमा समय लाग्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

धनगढी, २० चैत । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना परिक्षण उपकरण जडान कार्य सुरु भएको छ । मंगलबार कोरोना परिक्षण मेसिन, बाईसेफ्टी क्याविनेट र किटलगायतका सामान धनगढी पुगेपछि बुधबारदेखि जडान सुरु भएको हो ।
सरकारले मंगलबार कोरोना भाइरस जाँच गर्ने मेसिनसहित आवश्यक उपकरण धनगढी पठाएको थियो । सुदूरपश्चिम प्रदेशको लागि आएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले स्वास्थ्य कार्यालयमा प्रयोगशाला स्थापनाको काम सुरु
गरेको बताए ।
त्यस्तै अहिले सुदुरपश्चिमको सेती प्रादेशिक अस्पतालबाट स्वाब संकलन गरी काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा
रोग अस्पताल पठाइएको ३६ जनामध्ये १ जनाको रिपोर्ट पोजेटिभ, २५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने बाँकी १० जनाको रिपोर्ट आउन अझै बाँकी रहेको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले दिए । उनले धनगढीमा कोरोना परिक्षण उपकरण जडान कार्य सुरु भईसकेको भए पनि स्वाब परीक्षण गर्न भने अझै केही दिन लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्