काठमाडौं, २० चैत ।
भारतबाट आएका एक व्यक्तिमा पनि कोरोनाको संक्रमणको आशंका गरिउको छ । पोखराका एक व्यक्तिमा पहिलो परीक्षढामा संक्रमण भेटिएको र अन्तिम रिपोर्ट आएको छैन।
उनी भारतबाट आएका थिए । लक्षण देखिएपछि उनको पोखरामा परीक्षण भएको थियो । उनको पोजेटिभ रिपोर्ट आएको र पुनः परीक्षण थालिएको गण्डकी सरकारले जनाएको छ । यद्यपी नियमित पत्रकार सम्मेलनमा यसबारे प्रष्ट पार्ने तयारी सरकारको छ ।
अन्तिम परीक्षणको रिपोर्ट नआई सार्वजनिक गरिएको छैन । दोस्रो परीक्षण टेकुस्थित केन्द्रीय प्रयोगशालामा गर्न लागिएको छ ।
यसअघिका ६ संक्रमित तेस्रो देशबाट आएकाहरु थिए । भारतबाट करिब तीन लाख जना नेपाल आएको अनुमान गरिएको छ । जसमध्ये थोरै मात्र क्वारेन्टाइनमा बसेका छन् ।