Logo
Logo

कोरोना अपडेट : विश्वमा ५३ हजार २३८ को मृत्यु | दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती


- दृष्टि न्युज/संवाददाता

0
Shares

जेनेभा, २१ चैत (एजेन्सी) । कोरोना भाइरस (कोविड–१९)को संक्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभर १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट संक्रमित भएका विश्व स्वास्थ्य संगठनले शुक्रबार सार्वजनिक गरेकोे छ ।
चीनको उहान शहरबाट सुुरु भएको कोविड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।
कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन् । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताएक ाछन् गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरेको छ
कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभावमा १० मुलुक परेका छन् । जसमा इटालीमा १ लाख १५ हजार २४२ कुल संक्रमित भएका छन् भने, तेह्र हजार ९१५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् ।
यस्तै, स्पेनमा १ लाख १२ हजार ६५ कुल संक्रमित भएका छन् भने, दश हजार ३४८ को मृत्यु भएको छ । यसैबीच २६ हजार ७४३ निको भएर फर्किएका छन् । अमेरिकामा २ लाख ४५ हजार ३७३ कुल संक्रमित भएका छन् भने, ६ हजार ९५ को मृत्यु भएको छ । यसैबीच १० हजार ४०३ निको भएर फर्किएका छन् ।
फ्रान्समा ५९ हजार १०५ कुल संक्रमित भएका छन् भने, पाँच हजार ३८७ को मृत्यु भएको छ । यसैबीच १२ हजार ४२८ निको भएर फर्किएका छन् । चीनमा ८१ हजार ६२० कुल संक्रमित भएका छन् भने, तीन हजार ३२२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ५७१ निको भएर फर्किएका छन् ।
इरानमा ५० हजार ४६८ कुल संक्रमित भएका छन् भने, तीन हजार १६० को मृत्यु भएको छ । यसैबीच १६ हजार ७११ निको भएर फर्किएका छन् । बेलायतमा ३३ हजार ७१८ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ९२१ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।
नेदरल्यान्ड्समा १४ हजार ६९७ कुल संक्रमित भएका छन् भने, एक हजार ३३९ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् । जर्मनीमा ८४ हजार ७९४ कुल संक्रमित भएका छन् भने, एक हजार १०७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् ।
बेल्जियममा १५ हजार ३४८ कुल संक्रमित भएका छन् भने, एक हजार ११ को मृत्यु भएको छ । यसैबीच २ हजार ४९५ निको भएर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्