Logo
Logo

लकडाउन लम्बाउने तयारी, मन्त्रिपरिषद् बैठक बस्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ चैत ।
सरकारले २५ चैतपछि पनि लकडाउन लम्बाउने भएको छ । जोखिम कायम नै रहेको भन्दै लकडाउन र सीमा बन्द लम्बाउन लागिएको हो ।
कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले ११ गतेदेखि लकडाउन लागू गरेको हो । लकडाउनमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन पाइँदैन।


नेपालमा हालसम्म आन्तरीक संक्रमणको केस भेटिएको छैन । विदेशबाट आएका ६ जनामा भने संक्रमण भेटिएको छ । संक्रमण भएर पनि कतिपयमा लक्षण नदेखिएको तथा मास टेष्ट नभएकाले जोखिम कायम नै रहेको विज्ञहरु बताउँछन् । अबका करिब १० दिन नेपालका लागि अझै जोखिमपूर्ण छ । त्यसकारण थप एक हप्ता लकडाउन लम्बिने सम्भावना छ । उद्योगहरुलाई चल्न दिने गरी केही खुकुलो बनाएर लकडाउन लम्बाउन लागिएको हो । यसका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्