नयाँदिल्ली । भारतमा कोरोना संक्रमण तिव्र गतिमा बढेको छ । पछिल्लो केही दिनयता दैनिक पाँच सय नयाँ केस देखिएका छन् ।
बिहीबार भारतमा ५४४ नयाँ संक्रमित भेटिएकोमा शुक्रबार ५०२ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । भारतमा जम्मा ३ हजार ६० जनालाई संक्रमण भएको छ ।
उता भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ। महामारी सुरू भएयता संक्रमणबाट भारतमा यति धेरै व्यक्तिको एकैदिन ज्यान गएको यो पहिलो पटक हो। योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ।
शुक्रबार भेटिएका संक्रमितमध्ये २८० जना नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएका वा उनीहरूको सम्पर्कमा आएका मानिसहरू रहेका छन्। सो सभामा नेपालीहरु पनि सहभागी भएकोमा उनीहरुको खोजी भइरहेको छ ।
भारतमा संक्रमण बढ्दा नेपालमा समेत जोखिम बढीरहेको छ। क्तिपय सीमाबाट लुकीछिपी नेपाल प्रवेश गरिरहेका छन् ।