Logo
Logo

धुलिखेलमा आजदेखि कोरोना परीक्षण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काभे्रपलाञ्चोक, २३ चैत । धुलिखेल अस्पतालमा आज आइतबारदेखि कोरोना भाइरस संक्रमणसम्बन्धी परीक्षण सेवा सुरु हुने भएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना संक्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।
संक्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा राजेन्द्र कोजूले बताए । ‘पर्याप्त पिपीई परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको हो’ उनले भने । उनका अनुसार अस्पतालमा आजबाट कोरोना संक्रमण परीक्षणको तयारी पूरा भइसकेको छ ।
वाग्मती प्रदेश सरकारले कोरोना संक्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत रु २० लाख उपलब्ध गराएको थियो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।
झाका अनुसार धुलिखेल अस्पतामा कोरोना संक्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ । यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौँको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो ।

प्रतिक्रिया दिनुहोस्