Logo
Logo

मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक


- दृष्टि न्युज/संवाददाता

0
Shares

मनाङ, २३ चैत । यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जे्न्टिना, जर्मन, इजरायल लगायतका युरोपियन देशका रहेका छन् ।
माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ । आफ्नो देशमा भन्दा कोभिड–१९को जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ । नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्यांकसमेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन सकेको छैन ।
तिलिचो वेसक्याम्पतिर कति विदेशी नागरिक रहेका छन् भन्ने एकिन नभएको प्रजिअ पौडेलले बताए । ‘विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताउनुहुन्छ, त्यसैले हामी स्वदेश फर्किदैनौँ, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौँ भन्ने गर्नुहुन्छ,’ उनले भने । सो भाइरसको जोखिम नेपालमा कम रहेको र यहाँ संक्रमण फैलिन समेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ । उनले भने, ‘हामी नेपालमै सुरक्षित छौँ ।’

प्रतिक्रिया दिनुहोस्