Logo
Logo

व्यवसायी अग्रवाललाई छाड्न दबाब र चलखेल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ चैत ।
ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई छाड्न व्यवसायीले दबाब दिएका छन् । उनले कालोबजारी नगरेको दाबी गरी मन्त्रीहरुमार्फत प्रहरीमा दबाब दिइएको छ ।


पाँच हजारको थर्मल गनलाई १५ हजार रुपैयाँ प्रतिवटामा बिक्रि गरेको आरोपमा महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरेको थियो । प्रहरीले ग्राहक भेषमा उनलाई पक्राउ गरेको हो ।
जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक रहेका उनी नेपालका लागि किर्गिस्तानका अवैतानिक वाणिज्यदूत समेत हुन् ।
उनले केही दिनयता नेपाल एयरलाइन्सको चार्टड विमानमा सो थर्मल गन ल्याएका थिए । महंगोमा बिक्रि गरेको सूचनापछि प्रहरीले १० लाख नगद लिएर किन्न गएको हो । खरिद गरेलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
अग्रवालले पनि आफुले थोरै मात्र नाफा राखेको बताएका छन् । अन्य व्यवसायीले पनि प्रहरीले फसाउन खोजेको भन्दै छुटाउन दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्