Logo
Logo

अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म बन्द गर्ने सरकारको निर्णय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडाै‌, २५ चैत ।
सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी १८ वैशाख (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । जोखिम कायमै रहेको भन्दै उडान बन्द गर्ने निर्णय भएको हो ।


कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले अन्तर्रा्ष्ट्रिय उडान १८ वैशाखसम्म स्थगित गर्ने निर्णय गरेको हो । यसअघि ३ वैशाख (अप्रिल १५)सम्म सबै अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित भएकोमा १५ दिन समय थप गरिएको हो ।

बैठकमा आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए । सरकारले यसअघि नै आन्तरिक उडान पनि ३ वैशाखसम्म बन्द गरेको छ । लकडाउन र सीमा बन्द पनि ३ बैशाखसम्म बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्