Logo
Logo

नेपाल लाइफले दियो कोरोना कोषलाई एक करोड


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको पूर्व निर्णयअनुसार कोरोना भाइरस (कोभिड–१९)को महामारीे रोकथाम तथा नियन्त्रणका लागि एक करोड रुपैयाँ प्रदान गरेको छ ।
उक्त सहयोगको चेक सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई तथा सञ्चालक समिति सदस्य कमलेशकुमार अग्रवालले हस्तान्तरण गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको हो । नेपाल लाइफले लामो समयदेखि राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूूल परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्