Logo
Logo

कोरोनालाई चुनौती दिँदै चैतेली मेलामा हजारौँ सहभागी


वीरेन्द्र रावल

0
Shares

  • वीरेन्द्र रावल

धनगढी, २५ चैत । लकडाउनको उल्लंघन गर्दै बझाङको छविस पाथीभेरामा हजारौँ मानिस बान्नीकी चैतेली मेलामा सहभागी भएका छन् । जसका कारण सो क्षेत्रमा मात्र नभएर सुदुरपश्चिममै त्रासको वातावरण सिर्जना भएको छ ।विश्वभर कोरोनाको कहरले मानव समुदाय भयभित भइरहेका बेला सुदूरपश्चिमको बझाङ जिल्लामा कोरोनालाई चुनौति दिँदै मानिस धार्मिक मेलामा सहभागी भएका हुन् । सुदुरपश्चिममा सबै भन्दा बढी ३ जनामा कोरोना फेला परेको र भारतबाट १ लाख ३४ हजारको हाराहारीा मानिसहरु विभिन्न नाकाबाट प्रवेश गरेका छान् । त्यसमाथि धेरैजसो क्वारेन्टाइनमा नबसी सोझै घरमा प्रवेश गरेको अवस्थामा बान्नीकी चैतेली मेलाले फेरि सारा नेपाली र सुदुरपश्चिममा त्रासको वातावरण सिर्जना गरिदिएको छ ।


नेपाल सरकारले कोरोना रोकथाम गर्नका लागि थप एक साता लकडाउन बढाउँदा त्यसलाई चुनौति यो मेलाले चुनौती दिएको छ । जिल्लाको पाथीभेरा गाउँपालिका वडा नम्बर–३ स्थित बान्नी चोरमा रहेको बान्नी मस्टा मन्दिरमा सोमबार २० हजारभन्दा बढी मानिस सहभागी भएको बताइएको छ ।
सरकारले एक स्थानीय तहबाट अर्कोमा प्रवेशमा रोक लगाउने, भीडभाड गर्न नदिने र सामाजिक दुरी कायम गर्नेलगायतका सर्तकता अपनाउनका लागि जारी गरेको उर्दीलाई समेत बझाङमा बेवास्तामात्रै होइन ठाडो चुनौति दिएर धुमधाम लगाइएको छ ।
सोही स्थानमा १३ दिनअघि तीन सयको हाराहारीमा भाकल गरिएका बोका समेत काटिएको छ । छविस पाथीभेरा गाउँपालिकाको वडानम्बर २, ३, ४ र ५ का मानिसहरु मात्रै सहभागी भएर न्यून उपस्थितिमा मेला गर्ने भनिएको भएतापनि जिल्लाभरीबाट मात्र नभएर गाउँमा भारतबाट समेत मानिसहरु सहभागी भएको बताइएको छ ।
संविधान सभाका सदस्य अफिलाल उखेडाका अनुसार बान्नीकी चैतेली मेला नगर्न स्थानीय सरकार, प्रहरी प्रशासनलाई निर्देशन दिएपनि उनीहरुले अटेर गरेर मेला लगाएका हुन् । बझाङ जिल्लामा भएको यसप्रकारको धार्मिक भेलालाई प्रशासन र प्रहरीले पनि रोक्न नसकेको बझाङका प्रमुख जिल्ला अधिकारी अशोक पाण्डेयले बताए । मेला लाग्ने क्षेत्र छविस पाथिभेरा गाउँपालिका पर्ने भएकोले सो गाउँपालिकाले मेला आयोजना नगर्ने भनेर निर्णय गरिएको भएपनि आफुहरुको निर्णय विपरित मेला आयोजना गरिएको सो गाउँपालिकाकी उपाध्यक्ष राधिका रतालाले जानकारी बताइन् ।

प्रतिक्रिया दिनुहोस्