Logo
Logo

माटोको ढिस्कोमा पुरीएर ५ जना घाईते, एकको अवस्था गम्भीर


- दृष्टि न्युज/संवाददाता

0
Shares

  • नन्दा थापा

बाजुरा, २६ चैत । त्रिवेणी नगरपालिका १ छतारामा माटोको ढिस्कोले पुरिएर मंगलबार ५ जना घाईते भएका छन् । घर पोत्नको जंगलमा माटो लिन गएका पाँचै जनालाई माटोको ढिस्कोले पुरीदा घाईते भएका हुन् ।
घाईते हुनेमा स्थानिय देव नेपाली, रोसन नेपाली, विनिता नेपाली, खन्टी नेपाली, निर नेपाली रहेका छन् । उनीहरुमध्ये देब नेपाली गम्भीर घाईते भएका छन् । देव नेपालीसहित विनिता नेपाली र खन्टी नेपालीलाई स्वास्थ्य चौकी छतारामा उपचार सम्भव नभएपछि अछामको बयालपाटा अस्पतालमा रिफर गरिएको स्वास्थ्य चौकीका अहेव शंकर विष्टले जानकारी दिनुभएको छ । घाईते मध्येका रोसन नेपाली र निर नेपालीलाई स्वास्थ्य चौकी छतारामा सामान्य उपचारपछि घर फर्काईएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्