Logo
Logo

बाजुराको ९ वटै स्थानीय तहमा आपतकालिन कोष


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, २६ चैत । कोरोना संक्रमणको जोखिम रोकथामका लागि जिल्लाका स्थानीय तहहरुले कोष निर्माण कार्यलाई तिव्रता दिएका छन् ।
कोरोना रोग नियन्त्रणका लागि आपकालिन खर्च व्यवस्थानका लागि स्थानीय तहले कोष निर्माण थालनी गरेका हुन् । सरकारले जारी गरेको निर्देशनका आधारमा स्थानीय तहले आ आफ्नो तरिकाबाट आपतकालिन कोष निर्माण गरिरहेका छन् ।
बाजुराका नौ वटै स्थानिय तहले नोबेल कोरोना बिरुद्धको अभियान रोक्न सहयोगार्थ राहात कोष स्थापन गर्न थालेका छन् । स्थानिय तहले कोषको स्थापना गरिएकोमा दातृ निकाय कोष दाताहरुले समेत ब्यक्तिगत सहयोग भन्दा पनि त्यसै कोषमा सहयोग गर्न अनुरोध गरिएको छ ।
गौमुल गाउँपालिकाले ३० लाख बराबरको विपत राहात कोष स्थापना गरेको छ । गाउँपालिकाले हिजो गाउँ कार्यपालिकामा उपलब्ध सदस्यहरुको आकस्मिक बैठकले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रतिकार्य योजनाको लागि ३० लाखको विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको गौमुल गाउपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले जानकारी दिएका छन् ।
हिमाली गाउपालिकाले ५० लाख बराबरको राहात कोष स्थापना गरिएको छ । गाउसभा बाटै राहतकोष स्थापना गरिएको थियो । त्यसै कोषलाई कोरोना महारीको रोथामको लागि प्रयोग गरिने गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले जानकारी दिएका छन् । स्वामीकार्तिक खापर गाउपालिकाका अध्यक्ष चिरञ्जिबी शाहीले १० लाख बरावरको राहात कोष स्थापना गरिएको बताए । सबै वडाहरुमा बिदेशबाट आएकाहरुको तथ्यांक संकलन भइरहेको छ ।
जगन्नाग गाउँपालिकाले २० लाख बरावरको राहात कोष स्थापना गरेको बताएको छ । गाउँपालिकामा रहेका अतिबिपन्न परिवार लकडाउनको कारणले दैनिक ज्यालादारी लगाएतको तथ्यांक संकलन भइरहेको र त्यस्तो तथ्यांक आएपछि एक परिवारलाई २ हजार बराबरको खाद्यन्न सामग्री दिने निर्णय गरेको छ । भारतबाट आएका हरुको तथ्यांक लिने काम वडाहरुबाट भइरहेको जगन्नाथ गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिएका छन् ।
बडिमालिका नगरपालिकाले अति विपन्न परिवारका लागि राहत प्याकेज घोषणा गरेको छ । ज्याला मजदुरी गरि खाने परिवारका लागि दैनिक जीवनयापन गर्न सजिलोका लागि २५ लाख राहत प्याकेज ल्याएको नगर प्रमुख पदम बडुवालले बताएका छन् । नगर कार्य पालिकाको बैठकबाटै राहत प्याकेज घोषणा गरिएको नगर प्रमुख बडुवालको बताएको छ ।
त्रिवेणी नगरपालिकाले कोरोना विरुद्धको रोग नियन्त्रणका लागि आपकालिन खर्च व्यवस्थानका लागि ७३ लाख ८ हजार रकम छुट्याएको छ भने बुढीनन्दा नगरपालिकाले ५० लाखको आपत्कालित कोष निर्माण गरेको छ ।
बुढीगंगा नगरपालिकाले २५ लाख रकम छुट्याएको छ भने खप्तड छेडेदह गाउँपालिकाले पनि १९ लाख बराबरको आपतकालिन कोषको स्थापना गरिएको बताएको छन । अन्य बिपन्न र गरिव परिवारको पहिचान गरि खाद्यन्नको ब्यवस्था गरिने गाउपालिकाका अध्यक्ष नरबहादुर रावलले जानकारी दिएका छन् ।
यस्तै, बुढीगंगा नगरपालिकाले जिल्ला अस्पताल बाजुरालाई १ लाख सहयोग गर्ने भएको छ । कोरोना रोकथाम तथा उपचार व्यवस्थापनका लागि १ लाख सहयोग गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा संयोजक दिपक शाहले बताएका छन् ।
नगरपालिका भित्र गर्ने र क्वारेन्टाइन सहीतका अन्य व्यवस्थापनको लगानी बाहेक जिल्ला अस्पताललाई अलग्गै सहयोग गरिएको संयोजक शाहले बताएका छन् । जिल्ला अस्पतालले कोरोना संक्रमण जोखिम विरुद्धको तयारीमा खर्च गर्ने गरि सहयोग गरिने नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्