काठमाडौं, २६ चैत ।
कोरोना संक्रमण फैलिएसँगै विश्वभरी रहेका नेपालीहरु यसबाट प्रभावित भएका छन् । सबै देशमा गरेर करिब एक हजार पाँच सय नेपाली संक्रमित भएका छन् ।
गैरआवासिय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार यूरोप र अमेरिकामा धेरै प्रभावित छन् । त्यस्तै खाडी देशमा रहेका नेपालीमा पनि संक्रमण बढेको छ ।
अध्यक्ष पन्त भन्छन्,‘ठ्याक्कै तथ्यांक त हामीसँग पनि छैन। तर, हाम्रो अनुमानमा विश्वभर करिब पन्ध्र सयजना संक्रमित छन्। यसमध्ये सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छ। त्यहाँ सात–आठ सय नेपाली संक्रमित भएको अनुमान गरेका छौँ। त्यसपछिको ठूलो संख्या स्पेनमा छ। त्यहाँ करिब दुई सय नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्।’
अमेरिकामा केही नेपालीको कोरोनाबाट मृत्यु समेत भइसकेको छ । छिमेकी देश भारतमा रहेका कतिपय नेपालीमा समेत संक्रमण भेटिएको छ ।
जापान र कोरियामा पनि केही नेपालीलाई संक्रमण भएको छ । सरकारले कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न भनेको छ ।