Logo
Logo

आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री


378
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा १६८ (५) अनुसार शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबारै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भइसकेको छ । उनलाई एमालेका ३९ र माओवादीका १३ गरी ५२ सांसदको समर्थन छ ।

कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । जहाँ एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्तावले निर्देश गरेबमोजिम विश्वासको मत नलिएपछि एमाले–माओवादीको मागदाबी बमोजिम प्रदेश प्रमुखले नयाँ सरकार गठन गरेका थिए ।

हिक्मतको नियुक्तिविरुद्ध केदार कार्की सर्वोच्च गएका छन् । अन्तरिम आदेश नदिएको अदालतले पूर्ण सुनुवाइको लागि जेठ ९ गते पेशी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्