Logo
Logo

सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा एकजना पक्राउ


1.3k
Shares

काठमाडौं । नेपाल प्रहरीले अनलाइन सट्टेबाजी एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम संकलन गर्ने गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुरमा २४ वर्षीय अनिल ढुंगाना छन् ।

प्रहरीका अुनसार उनीसँग विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीका अनुसार बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको छ । अनुसन्धानपछि मात्र थप कुरा थाहा हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्