काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि दिउँसो १२ः ३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन् ।
अपरान्ह ३ बजे संसद्का दुवै सदनको संयुक्त बैठक बस्दैछ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त बैठकको तयारी र कार्यसूची निर्णय गर्नुपर्ने छ । सभामुखले यिनै विषयमा परामर्श गर्न प्रमुख सचेतकहरूसँग बस्न लागेका हुन् ।